NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

एसिया कप क्रिकेट : उद्घाटन समारोहमा गायिका त्रिशला गुरुङले प्रस्तुति दिने

काठमाडौं । अबको केहीबेरमा एसिया कप क्रिकेटको उद्घाटन हुँदेछ । पाकिस्तानको मुल्तानमा सुरु हुन लागेको एसिया कप क्रिकेटको उद्घाटन समारोहमा नेपाली गायिका त्रिशला गुरुङले प्रस्तुति दिने भएकी छन् ।

नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि उद्घाटन खेल सुरु हुनेछ । खेल सुरु हुनुअघिको उद्घाटन समारोहमा गायकिा त्रिशला र पाकिस्तानी गायिका आइमा बैगले प्रस्तुति दिने पाकिस्तान क्रिकेट टिमले जनाएको छ ।

एसिया कपको डेब्यू खेलमा आज नेपाल विश्वकै नम्बर १ क्रिकेट टिम पाकिस्तानसँग भिड्दै छ । उद्घाटन खेलमा पाकिस्तानसँग खेलेर नेपालले झन्डै तीन दशकदेखिको सपना पूरा गर्दै छ ।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले क्रिकेटका दिग्गज राष्ट्रसँगको प्रतिस्पर्धालाई हार वा जितभन्दा पनि सिक्ने अवसरका रूपमा लिनुपर्ने बताए छन् ।

ताजा अपडेट

नेपालवाच विशेष