NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एसिया कपमा बंगलादेशलाई झट्का

काठमाडौं । एसिया कप आजबाट सुरु हुँदैछ । पाकिस्तान र श्रीलंकामा एसिया कपका खेलहरु हुनेछन् ।

आज उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् । भोली बंगालादेश र श्रीलंका खेल्दैछन् । तर बंगलादेशका स्टार खेलाडी भने टीम भन्दा बाहिर छन् ।

बंगलादेशका विकेटकिपर ब्याट्सम्यान लिट्टन दास बिरामी भएपछि उनी टीम बाहिर छन् । यसले बंगलादेशलाई गहिरो झट्का लाग्ने देखिएको छ । लिटनको स्थानमा शीर्षक्रमका ब्याट्सम्यान अनामुल हकलाई टिममा समावेश गरिएको छ ।

लिट्टन ज्वरो कारण दास २७ अगष्टमा पनि टीमका साथ श्रीलंका गएका थिएनन् । फेरी उनलाई २८ अगष्टमा टीममा समावेश हुनुपर्ने थियो । त्यसदिन पनि उनलाई उच्च ज्वरो आएपछि उनी टीममा समावेश भएनन् ।

त्यतिबेला उनको रिप्लेसमेन्टको चर्चा भएपनि टिम व्यवस्थापनले ब्याकअप क्रिकेटरलाई लिन चाहेन ।

दासले बनाएका रन

लिट्टनले बंगलादेशका लागि ७२ एकदिवसीय खेल खेल्दा २२१३ रन बनाएका छन् । योसँगै उनले ३९ टेस्टमा २३९४ रन बनाएका छन् । यसबाहेक उनले ७३ टी–२० अन्तर्राष्ट्रिय खेलमा १६७० रन बनाएका छन् ।

बंगलादेशको टीम

शाकिब अल हसन (कप्तान), तंजिद तमीम, नजमुल हुसैन शांतो, तौहीद हृदोय, मुश्फिकुर रहीम, मेंहदी हसन मिराज, तस्कीन अहमद, मुस्तफिजुर रहमान, हसन महमूद, महेदी हसन, नसुम अहमद, शमीम हुसेन, अफिफ हुसेन, शोरफुल इस्लाम, इबादोत हुसेन, मोहम्मद नईम, अनामुल हक