नेपाल र पाकिस्तानबीचको क्रिकेट खेल हेर्न विद्यालय बन्द
काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले एसिया कप क्रिकेट हेर्नका लागि विद्यालयमा बिदा दिएको छ ।
नेपाल र पाकिस्तानबीच आज उद्घाटन खेल हुँदैछ । वरिष्ठ उपसचिव मेहीलाल यादवले आज दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न सूचना जारी गरेका हुन् ।
घरेलु टिम पाकिस्तानसँग मुल्तानमा प्रतिस्पर्धा गरेसँगै नेपालले विभिन्न रेकर्ड बनाउनेछ । २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्न लागेको हो ।
‘सिमित साधन स्रोृतको बलमा पनि नेपाली क्रिकेट टीम एसिया कपमा सहभागिता जनाउनु तथा भारत र पाकिस्तान जस्ता शक्तिशाली टीमका साथ प्रतिस्पर्धा गर्नु सम्पुर्ण नेपालीहरुको निम्ती ठुलो गौरवको कुरा भएकाले नेपाल र पाकिस्तानबीचको खेलमा हाम्रो गौरवशाली टीमको हौसला बढाउन र विद्यार्थीहरुमा खेलप्रति उर्जावान भावना जागृत गराउन दिउँसो २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगरि बिदा गर्न अनुरोध छ,’ सूचनामा भनिएको छ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया