NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

एसिया कप : पाकिस्तानले गुमायो ४ विकेट

काठमाडौं । जारी एसिया कपमा पाकिस्तानले ४ विकेट गुमाएको छ । पाकिस्तानले ओपनरद्वय फाखर जमान, इमाम उलहक, मोहम्मद रिजवान र सलमान अली अघालाई  गुमाएको हो ।

अघालाई लाई लेग स्पिनर सन्दीप लामिछानेले आउट गरेका हुन् । उनले १४ बलमा ५ रन बनाएर खेलेका थिए ।

त्यसअघि नेपालले मोहमद रिजवानको रुपमा तेस्रो विकेट लिएको हो । रिजवान सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् । रिजवान ४४ रनमा आउट भए । रिजवानले ५० बल खेलेका थिए ।

करण केसीले पहिलो, तथा कप्तान रोहित पौडेलले दोस्रो विकेट लिएका थिए । करणले ओपनर फाखर जमानलाई आउट गरेका थिए भने, कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराए ।

इमाम उलहक ५ रनमा रन आउट भए । केसीले जमानलाई १४ रनमा आउट गर्दा, इमाम ५ रनमा आउट भएका थिए । ३० ओभरको खेल चलिरहँदा पाकिस्तानले ४ विकेट गुमाएर १ सय ३९ बनाएर खेलिरहेको छ ।

यसअघि अन्यथा भएकोमा सच्याइएको छ – सम्पादक

ताजा अपडेट

नेपालवाच विशेष