पाकिस्तानले दियो नेपाललाई ३४३ रनको लक्ष्य

काठमाडौं । एसिया कपमा पाकिस्तानविरुद्धको खेलमा नेपालले जितका लागि ३ सय ४३ रनको लक्ष्य पाएको छ ।
मुल्तान स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनाएको हो ।
पाकिस्तानका बाबर आजमले १४ चौका र ४ छक्काको सहयोगमा १५१ रनको शतकीय पारी खेले । त्यस्तै इस्तफिकरले १०९ रनको शतकीय पारी खेले । उनले ११ चौका र ४ छक्का प्रहार गरे ।
पकिस्तानका मोहमद रिजवानले ४४ रन बनाउँदा फकर जमानले १४ रनको योगदान गरे । पाकिस्तानले ओपनरद्वय फाखर जमान, इमाम उलहक, मोहम्मद रिजवान र सलमान अली अघा, कप्तान बाबर आजम र सदाव खानलाइ गुमायाे ।
बाबर र सदावको विकेट सोमपालल लिए । अघालाई लाई लेग स्पिनर सन्दीप लामिछानेले आउट गरेका हुन् । उनले १४ बलमा ५ रन बनाएर खेलेका थिए ।
त्यसअघि नेपालले मोहमद रिजवानको रुपमा तेस्रो विकेट लिएको हो । रिजवान सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन् । रिजवान ४४ रनमा आउट भए । रिजवानले ५० बल खेलेका थिए ।
करण केसीले पहिलो, तथा कप्तान रोहित पौडेलले दोस्रो विकेट लिएका थिए । करणले ओपनर फाखर जमानलाई आउट गरेका थिए भने, कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराए ।
इमाम उलहक ५ रनमा रन आउट भए । केसीले जमानलाई १४ रनमा आउट गर्दा, इमाम ५ रनमा आउट भएका थिए ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया