NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

वडाध्यक्ष जितेको चन्द्रागिरि २ बाट माओवादीले आफ्नो अभियान सुरु गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अनुसार गत स्थानिय तहको निर्वाचनमा वडाध्यक्ष जितेको चन्द्रागिरि वडा नं. २ बाट ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान सुरु गर्ने भएको छ ।

साउन १ गते देखि २१ सम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले तीन चरणमा ६ हजार ७ सय ४३ वडामा उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

उक्त अभियानको सुरुवा स्थानीय तह निर्वाचनमा वडाध्यक्ष जितेको चन्दागिरि २ बाट प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका हुन् ।

प्रचण्डले उक्त अभियानलाई भचुअल माध्यामबाट गर्ने छन् । त्यसपछि पछि वडा तहको अभियान सुरू हुने छ । माओवादीले यही भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ ।

 

ताजा अपडेट

नेपालवाच विशेष