वडाध्यक्ष जितेको चन्द्रागिरि २ बाट माओवादीले आफ्नो अभियान सुरु गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अनुसार गत स्थानिय तहको निर्वाचनमा वडाध्यक्ष जितेको चन्द्रागिरि वडा नं. २ बाट ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान सुरु गर्ने भएको छ ।
साउन १ गते देखि २१ सम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले तीन चरणमा ६ हजार ७ सय ४३ वडामा उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
उक्त अभियानको सुरुवा स्थानीय तह निर्वाचनमा वडाध्यक्ष जितेको चन्दागिरि २ बाट प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका हुन् ।
प्रचण्डले उक्त अभियानलाई भचुअल माध्यामबाट गर्ने छन् । त्यसपछि पछि वडा तहको अभियान सुरू हुने छ । माओवादीले यही भदौ १६ गतेदेखि जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया