भारतसँग हुने खेलका लागि नेपाली टोली पुग्यो श्रीलंका
काठमाडौं । जारी एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ ।
त्यहाँ नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ । नेपालले आफ्नो दोस्रो खेल भारतसँग सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्ने छ ।
यो खेल श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने छ । एसिया कप बुधबारदेखि सुरु भएको हो ।
२७ बर्षदेखिको एसिया कप खेल्ने नेपालको रहर हिजो एक दिवशीय क्रिकेटमा विश्व वरियताको एक नम्बर टोली पाकिस्तानसँग खेल्दै सपना साकार पारेको हो ।
तर नेपाली टोली पाकिस्तानसँग फराकिलो अन्तरमा पराजित हुन पुग्यो ।
यस्तै पाकिस्तानी क्रिकेट टोली पनि श्रीलंका पुगेको छ । श्रीलंका क्रिकेटले दुबै टोली पुगेको जनाउदै स्वागत पनि गरेको छ । पाकिस्तान र भारतबीचको खेल भदौ १६ गते हुँदैछ ।
यो खेल पनि पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नै हुने छ ।



ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया