गायिका त्रिशला गुरुङले एसिया कपको उद्घाटनमा दिएको प्रस्तुति (भिडियो)
काठमाडौं । पाकिस्तानको मुल्तानमा हिजो देखि एसिया कप सुरु भयो ।
नेपाल र पाकिस्तानबीचको खेलअघि एसिया कपको उद्घाटन समारोह राखिएको थियो । उक्त समारोह निकै छोटो पनि थियो ।
समारोहमा एक नेपाली र एक पाकिस्तानी गायिकाले प्रश्तुती राखिन् । नेपालका तर्फबाट गायिका डा. त्रिशला गुरुङले प्रस्तुति दिइन् । उनले राष्ट्रिय गीत ‘रातो र चन्द्र सुर्य’ मा प्रश्तुती दिएकी थिइन् ।
यो गीत कवि गोपालप्रसाद रिमालले लेखेको कालजयी कविता ‘रातो र चन्द्रसूर्जे जंगी निशान हाम्रो’ लाई अम्बर गुरुङले संगीतवद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका थिए ।
यो गीतले नेपाली झण्डाको महिमा गाउने गाउँदछ ।
हेरौँ गायिका गुरुङले दिएको प्रश्तुती :
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया