सेलिब्रेटीकाे रक्षाबन्धन, कसले के भने ?
एजेन्सी । आज रक्षाबन्धन मनाइँदैछ । यो अवसरमा धेरै सेलिब्रेटीहरुले सामाजिक सञ्चालमार्फत आफ्ना दाजुभाइ दिदिबहिनीहरुको तस्बिर सेयर गर्दै रक्षाबन्धको शुभकामना दिएका छन् ।
भारतीय अभिनेता सञ्जय दत्तले सामाजिक सञ्जालमार्फत आफ्नी बहिनीलाई शुभकामना दिएका छन् । उनले आफ्नो र बहिनीको तस्बिर सेयर गदै आफ्ना दुई बहिनीलाई रक्षा बन्धनमा सदैव उनीहरुको साथमा रहने प्रतिज्ञा गर्दै भनेका छन्, ‘ म हाम्रो यो सम्बन्धको रक्षा गर्नेछु। हाम्रो सम्बन्ध सधैं शुद्ध र अटूट रहोस्। रक्षाबन्धन को हार्दिक शुभकामना ।’
त्यस्तै, अक्षय कुमारले पनि बहिनी लका भाटियासँगको तस्बिर राख्दै शुभकामना दिएका छन् । अभिनेत्री रिया चक्रवर्ती पनि भाइ शोभिकसँगको तस्बिर इन्स्टाग्राममा सेयर गर्दै भाइलाई आफ्नो जीवनमा भएकोमा धन्यवाद दिएकी छन् ।
कंगना रनौतले आफ्ना दाजुभाइसँगको बाल्यकालको तस्बिर सेयर गरेर रक्षाबन्धनको शुभकामना पाेस्ट गरेकी छन् । अभिनेत्री रकुल प्रीत सिंहले पनि भाइसँगको एक भिडियो राख्दै रक्षा बन्धनको शुभकामना दिएकी छन् । उनले सो भिडियो क्यापसनमा ’हैप्पी राखी’ लेखेकी छन् । अभिनेत्री कृति सेननले इन्स्टाग्राममा बहिनी नुपुर सेननसँगको एउटा भिडियो सेयर गर्दै बहिनीलाई राखीको शुभकामना दिएकी छन् । उनले लेखेकी छन्, ‘बहिनी सबैभन्दा बेस्ट हुन्छ, नुपुर तिमिलाइ धेरै माया, ह्यापी राखी’
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया