NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नेकपाको स्थायी कमिटी बैठक बस्दै, के छन् एजेण्डा?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको छ ।

पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले शुक्रबार बिहान ८ बजे गरि बैठक बोलाएका हुन् । बैठकमा पछिल्ला राजनीतिक घटानाक्रम, समाजवादी मोर्चा, एमसीसी लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

नेता अनिल शर्माकाअनुसार बैठक एमसीसीबारे बढि केन्द्रित हुने छ । सरकारले एमसीसी कार्यान्वयनमा ल्याएपछि विप्लव असन्तुष्ट छन् ।

यस्तै मोर्चाले बिहीबार कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै विप्लवले यसको विरुद्धमा प्रधानमन्त्रीसमेत लड्ने विश्वास व्यक्त गरेका छन् ।