NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नेपाल र भारतबीचको खेल हेर्न पूर्व क्रिकेटर गौचन श्रीमतीसहित श्रीलंका प्रस्थान 

काठमाडौं । पूर्व क्रिकेट खेलाडी शक्ति गौचन जारी एसिया कप अन्तर्गतको नेपाल र भारतको खेल हेर्न श्रीलंका प्रस्थान गरेका छन् ।

नेपाल र भारतको खेल सेप्टेम्बर ४ तारिखमा श्रीलंकामा हुँदैछ । गौचन बिहीबार श्रीमतीसहित श्रीलकांतर्फ लागेको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

शक्तिले डेढ दशकभन्दा लामो समय नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले २०७५ मा सन्यास लिएका थिए ।