NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नेपालले बहराइनलाई १० विकेटले हरायो

काठमाडौं । आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट अन्तर्गतको दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको छ ।

मलेसियामा जारी खेलमा शुक्रबार बहराइनले टस जितेर ब्याटिङ रोजेको थियो । बहराइन १५ दशमलव ४ ओभरमा अलआउटभएको थियो । त्यसक्रममा उसले जम्मा ३१ रन बनायो ।

३२ रनको लक्ष्य पछ्याएको नेपालले २.५ ओभरमा बिना विकेटको क्षतिमा पुरा गर्यो । नेपालका लागि ओपनर कविता कुँवरले १७ र सीता रानामगरले दुई रनको योगदान गरेका थिए । त्यसक्रमा अन्य १४ रन जोडिए ।

बहराइनलाई सस्तैमा समेटन इन्दू वर्माले तीन, खुसी डंगोलले दुई, कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले एक-एक विकेट लिए ।

बहराइनका लागि कप्तान दीपीका रसनगिकाले ११, इशारा सुहुन, आशा सामिलदिनले ५–५ रन बनाइन् । ओपनर थारंगा गजानायके चार रनमै पेभेलियन फर्किइन् । पविथ्रा सेठ्ठी एक रनमा आउट भइन् ।

यसअघि बिहीबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले हराएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष