NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

‘जनतासँग माओवादी’ रूपान्तरण अभियान: यस्तो छ नेताहरूको जिम्मेवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ अन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने लक्ष्य राखेको छ ।

साथै अभियानमार्फत आठ लाख पार्टी सदस्यता पु¥याउने माओवादीको तयारी छ । शनिबारबाट सुरु हुन लागेको तीन महिने अभियानको तयारी पुरा भएको शुक्रवार पत्रकार सम्मेलन गरेर जनाएको छ ।

अभियानको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार उद्घाटन गर्ने छन् । अभियानमार्फत ‘घरघरमा माओवादी, जनजनमा माओवादी’को नारा दिएर माओवादी केन्द्र जनतासमक्ष पुग्न लागेको हो ।

maoist-leader