गोरखाको कट्टेलचोकमा शंकास्पद वस्तु फेला
गोरखा । गोरखा-आँबुखैरेनी सडकखण्डअन्तरगत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शनिबार बिहान मुख्य सडकमा शंकास्पद कुकर फेला परेको हो ।
प्रहरीका अनुसार ‘मर्निङ वाक’ गएका स्थानीयले कुकर देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।


प्रतिक्रिया