भुटानलाई हराउँदै नेपालले निकाल्यो तेस्रो जित
काठमाडौं । आईसीसी टी–२० महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोटमा नेपालले भुटानलाई हराउँदै तेस्रो जित निकाल्न सफल भएको छ ।
मलेसियामा भइरहेको उक्त प्रतियोगितामा नेपालले भुटानलाइ तीन विकेटले हराएको हो । आइतबारको खेलमा भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ३९ रनमात्र बनायो ।
भुटानका लागि डेचन वाङ्मोले २१, छिरिङ् जाङ्मोले ६ रन बनाइन् । भुटानलाई सस्तैमा समेट्न पूजा महतोले तीन तथा कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले एक÷एक विकेट लिए ।
नेपालले उक्त लक्ष्य १३.२ ओभरमा सात विकेट गुमाएर पुरा गर्यो । नेपालले ४१ रन बनाएको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १२, कविता जोशीले ९, सीता राना मगरले ८ र पूजा महतोले ३ रन बनाए ।
नेपालले अतिरिक्त नौ रन पायो । भुटानका बलर अञ्जुली घालीले तीन र छिरिङ जाङ्मोले दुई विकेट लिए । नेपालले मंगलबार कतार र बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि नेपालले पहिलो खेलमा आयोजक मलेसियालाई पाँच रन र दोस्रो खेलमा शुक्रवार बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया