‘पवित्र रिश्ता’ को किस्सा सुनाउँदै अकिंताले भनिन्, ‘३ महिनासम्म सेटमा बसे’

एजेन्सी । टिभी सिरियल ‘पवित्र रिश्ता’ ले १४ वर्ष पूरा गरेको छ । सो अवसरमा अभिनेत्री अंकिता लोखण्डे शोसँग जोडिएका सम्झनाहरु सेयर गर्दै शोको अनुभव साटेकी छन् ।
अंकिताले यस शोको पब्लिक डिमाण्डलाई मध्यनजर गर्दै एक पटक १४८ घण्टासम्म लगातार सुटिङ गरेको बताएकी छिन् । यसबाहेक, अंकिताले शोको लागि तीन महिनासम्म सेटमा बसेको किस्सासमेत सुनाएकी छन् ।
‘इ–टाइम्स’ लाई दिएको अन्तर्वार्तामा अंकिताले तीन महिनासम्म घर नगइ दिनरात सुटिङमा व्यस्त रहेको बताइन्। ‘३० घण्टा मात्र होइन, कहिलेकाहीँ सेटमा १४८ घण्टासम्म लगातार काम गरेकी छु । त्यो मेरो रेकर्ड थियो। तर, मैले गरेको कडा परिश्रमको प्रतिफल पाएँ ।’ अंकिताले अन्तवार्तामा भनिन् ।
सिरियल ‘पवित्र रिश्ता’ बाट नै दिवंगत अभिनेता सुशान्त सिंह राजपुत र अंकिता लोखण्डे चर्चामा आएका थिए ।
ताजा अपडेट
-
सेयर बजारमा भित्री कुरा : लगानीकर्ताले के बुझ्ने ?
-
दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
-
एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
प्रतिक्रिया