‘पवित्र रिश्ता’ को किस्सा सुनाउँदै अकिंताले भनिन्, ‘३ महिनासम्म सेटमा बसे’
एजेन्सी । टिभी सिरियल ‘पवित्र रिश्ता’ ले १४ वर्ष पूरा गरेको छ । सो अवसरमा अभिनेत्री अंकिता लोखण्डे शोसँग जोडिएका सम्झनाहरु सेयर गर्दै शोको अनुभव साटेकी छन् ।
अंकिताले यस शोको पब्लिक डिमाण्डलाई मध्यनजर गर्दै एक पटक १४८ घण्टासम्म लगातार सुटिङ गरेको बताएकी छिन् । यसबाहेक, अंकिताले शोको लागि तीन महिनासम्म सेटमा बसेको किस्सासमेत सुनाएकी छन् ।
‘इ–टाइम्स’ लाई दिएको अन्तर्वार्तामा अंकिताले तीन महिनासम्म घर नगइ दिनरात सुटिङमा व्यस्त रहेको बताइन्। ‘३० घण्टा मात्र होइन, कहिलेकाहीँ सेटमा १४८ घण्टासम्म लगातार काम गरेकी छु । त्यो मेरो रेकर्ड थियो। तर, मैले गरेको कडा परिश्रमको प्रतिफल पाएँ ।’ अंकिताले अन्तवार्तामा भनिन् ।
सिरियल ‘पवित्र रिश्ता’ बाट नै दिवंगत अभिनेता सुशान्त सिंह राजपुत र अंकिता लोखण्डे चर्चामा आएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया