जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
जुम्ला । जुम्लामा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका– ४ छलपुनेरामा आज जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
नाग्म–मुगु सडकखण्डको कनकासुन्दरी–४ गोडिज्यूलाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जिप दुर्घटना हुँदा चालक मुगुको छायांनाथ रारा नगरपालिका–५ का अविराज कार्की र सहचालक सोही ठाउँकै रुपबहादुर रावलको मृत्यु भएको प्रहरी नावय उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।
जिप सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया