NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

कांग्रेसको रूपान्तरण पक्षधरले घोषणा गर्‍यो ‘राष्ट्रव्यापी अभियान’

काठमाडौं । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेसः राष्ट्रव्यापी अभियान’ स्थगित गरेपछि रूपान्तरण पक्षले ’राष्ट्रव्यापी अभियान’ को घोषणा गरेको छ ।

भदौ २४ गते बिपि जन्मजयन्तीदेखि कात्तिक २४ गते लौह पुरुष गणेशमान सिंहको जन्मजयन्तीसम्म दुई महिना ‘कांगेस रुपान्तरण अभियान’ चल्ने छ ।

नेता जगदीश्वरनरसिंह केसीका अनुसार यी २ महिनामा यो अभियानले १ सय ६५ निर्वाचन क्षेत्रमा केन्द्रीय भएर गतिविधि सञ्चालन गर्ने छ ।

हिजो भएको भेलाले यो अभियान काभ्रे क्षेत्र नं. २ बाट सुरु गर्ने निर्णय गरेको नेता केसीले नेपालवाचलाई जानकारी दिए ।

केसीले अहिलेको अवस्थाबाट पार्टी चल्न नसक्ने भन्दै पार्टीलाई थप गतिशील बनाउदै रूपान्तरण गर्नका लागि यो अभियान घोषणा गरिएको बताए ।

यो अभियान भ्रष्ट्राचारविरुद्ध बढि केन्द्रीत हुने पनि उनले बताए । ‘भ्रष्ट्राचारविरुद्ध आवाज उठाउने मुख्य लक्ष्य छ,’ उनले भने, ‘सरकारले भ्रष्ट्राचारका फाइल खोलोस र यसमा संलग्न जो सुकै भएपनि छोड्न हुन्न ।’

उनले नेतृत्वबाट पार्टीको विधा मिच्ने काम भइरहेको भन्दै यो रोकिनु पर्ने तर्क गरे । ‘पार्टीलाई विधिअनुसार चलाउन पर्यो, भातृ संस्था गठन हुँदा विधान मिच्ने काम भएको छ । यहि र यस्तै अवस्था भइरहने हो भने पार्टीे चल्दैन्,’ केसीले भने ।

यसअघि गत साउन १० मा सकिएको केन्द्रीय समिति बैठकले भदौ १० गतेदेखि भदौ २४ गतेसम्म राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरेको थियो । तर भदौ ५ गते सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूसँग छलफल गरेर अभियान स्थगित गर्नेे निर्णय गरेका थिए ।