नेपाल-भारतबीचको खेल हेर्न पत्निसहित रवि श्रीलंका प्रस्थान

काठमाडौं । एसिया कप अन्तर्गत सोमबार हुने नेपाल र भारतको खेल हेर्न नेपालबाट धेरै मानिसहरु श्रीलंका पुगेका छन् ।
२७ बर्षपछि एसिया कप खेल्ने नेपालको सपना पुरा भएपछि क्रिकेटको महाशक्ति देशहरुसंग नेपालले खेल्ने खेल हेर्न राजनीतिज्ञ, खेलाडी र क्रिकेटप्रेमि श्रीलंका पुगेका छन् ।
नेपाल–भारतको खेल भोली दिउँसो सवा ३ बजे सुरु हुने छ । उक्त खेल हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि श्रीलंका उडेका छन् ।
उनी पत्नि निकितासहित श्रीलंका गएको केन्द्रीय सदस्य दिपक बोहोराले जानकारी दिए । ‘रवि दाइ निकिता दिदीसहित एसिया कपको नेपाल–भारत म्याच हेर्न श्रीलंकातर्फ,’ बोहोराले समाजिक सञ्जाल फेशबुकमा लेखेका छन् ।
यसअघि खेल हेर्नका लागि पुर्व क्रिकेटर शक्ति गौचन पनि पत्निसहति श्रीलंका गएका थिए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया