NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३ गते
२०८१ असार ३ गते

क्रिकेटमा नेपाल–भारत : जान्नैपर्ने केही तथ्य 

काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल–भारत आमनेसामने हुँदैछन् । यसअघि पाकिस्तानको सामना गरेको नेपाल आज भारतसँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

नेपाल र भारत छिमेकी मुलुक भए पनि क्रिकेटमा इतिहासमै अहिलेसम्म आमनेसामने भएका थिएनन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि यो संयोग जुरेको हो ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा  समूह ‘ए’अन्तर्गत दिउँसो ३ः१५ बजे हुने खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेल र भारतीय टोलीका कप्तान रोहित शर्माबीच टस हुनेछ । जुन नेपाल र नेपालीको लागि महत्त्वपूर्ण ऐतिहासिक क्षण बन्नेछ ।

सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलोपटक भारतसँग खेल्ने मौका पाएको हो । नेपाल र भारत पहिलोपटक सिनियर टोलीमा आमने–सामने हुन लागेका हुन् ।

नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो । मलेसियामा भएको उक्त यु १९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै एतिहासिक नतिजा हात पारेको थियो । अब नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ ।

एसिया कपमा पहिलोपटक सहभागिता जनाएको नेपालले भारतलाई पराजित गर्दै सुपर फोरमा पुग्न चाहन्छ तर विश्व क्रिकेटको पावर हाउस भारतलाई पराजित गर्न नेपाललाई सहज भने हुनेछैन । एसिया कपको यस खेलले समूह ए को सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ए बाट पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।

समूह ए मा रहेका नेपाल र भारतले समान एक एक खेल छन् । जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो । वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक एक अङ्क बाँडेका हुन् ।

समूह ए मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अङ्क बाँड्दै ३ अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ ।

ताजा अपडेट

नेपालवाच विशेष