सुशान्तसँग विवाह गर्न अंकिताले छाडेकी थिइन् ‘बाजीराव मस्तानी’ को अफर

एजेन्सी । अभिनेत्री अंकिता लोखण्डे टिभी सिरियल पवित्र रिश्ताबाट चर्चामा आएकी हुन् । पवित्र रिश्ताको ‘अर्चना’ पात्रले उनलाई चर्चामा ल्यायो । यसपछि उनले आफ्नो करियरलाई फर्किएर हेर्नुपरेन् ।
शाेमा दिंवगत अभिनेता सुशान्त सिंह राजपुत उनको को-एकटरको भूमिकामा थिए । सिरियलमा मानव अर्चनाको जोडी जति रुचाइएको थियो । त्यतिनै यी दुईको केमेस्ट्री पनि ।
हालै अंकिताले इटाइम्सलाई अन्तर्वार्ता दिदै उनले सुशान्तसँग विवाह गर्न फिल्म ‘बाजीराव मस्तानी’ काे अफर टुक्राएको बताएकी छन् । उनले सुशान्तसँगको सम्बन्धलाई महत्व दिदै ठूलो अवसरलाई अस्वीकार गरेको अन्तर्वार्तामा बताइन् । त्यतिबेला उनी सुशान्तसँग बिहे गर्न चाहन्थिन् ।
अंकिताले भनिन्, ‘मलाई त्यो निर्णयमा कुनै पछुतो छैन । तर, एक समय थियो जब मैले धेरै गलत निर्णयहरु गरें, उनले थपिन, ‘त्यसबेला मेरो प्राथमिकता फरक थियो । साथै, मलाई करियर र व्यक्तिगत जीवनमा सन्तुलन कसरी राख्ने भन्ने थाहा थिएन। अब म यसलाई राम्ररी राख्छु र अरूलाई पनि यो सन्तुलन कायम राख्न आग्रह गर्छु।’
शाहरुख खान अभिनित फिल्म ‘ह्याप्पी न्यू इयर’ का लागि पनि अंकिताले फराह खानकाे अप्रोचलाई अस्वीकार गरेको बताइन् । अंकिता र सुशान्तले सन् २००९ मा ‘पवित्र रिश्ता’ बाट टेलिभिजन डेब्यू गरेका थिए । दुवैले सन् २०१० मा एकअर्कालाई डेट गर्न थालेका थिए ।
ताजा अपडेट
-
सेयर बजारमा भित्री कुरा : लगानीकर्ताले के बुझ्ने ?
-
दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
-
एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
प्रतिक्रिया