NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

मनिषा कोइराला भन्छिन्, ‘मलाई कथाले आकर्षित गर्छ’

काठमाडौं । अभिनेत्री मनिषा कोइराला नेपाली चलचित्रमा नदेखिएको लामो समय भइसकेको छ ।

नेपाली चलचित्र ‘ धर्मा’ मा अभिनय गरेकी कोइराला भारतीय चलचित्र र शृङ्खलामै व्यस्त छिन् । उनले हालै सम्पन्न एक छलफलमा नेपाली चलचित्रको विषयवस्तुले आकर्षण गरेमा अभिनय गर्ने बताएकी छन् ।

‘नेपाली चलचित्रमा काम गर्ने इच्छा नभएको होइन । तर समय र परिस्थिति मिलेको छैन । राम्रो कथाले मलाई पक्कै आकर्षित गर्छ’, अभिनेत्री कोइरालाले भनिन् । उनले चलचित्रको कथा माटो सुहाउँदो हुनुपर्नेमा जोड दिइन्।

पछिल्लो समय नेपाली चलचित्र र शृङ्खला जोडिन चाहिरहेको ओभर दी टप (ओटिटी) मा स्थानीय कथा नै खोजिने बताइन् । ‘मैले ओटिटीमासमेत काम गरेकी छु । त्यो माध्यमले विश्वभरका दर्शकलाई सुविधा दिन्छ । ओटिटीका सञ्चालक जुन देशको कथा हो, त्यहाँको माटोसँग जोडिनुपर्छ भन्छन्’, अभिनेत्री कोइरालाले भनिन्, ‘अन्तर्राष्ट्रियस्तरमा यदि नेपालको कथा भनेको हो भने यहाँको संस्कृति कस्तो छ, जीवन कस्तो छ भनेर हेर्न चाहन्छन् दर्शक । त्यसैले देशको माटो सुहाउँदो चलचित्र बनाउन जरुरी छ ।।’

उनले आफूले अभिनयको सुरुआत गरेको समय नब्बेको दशकमा अवास्तविक प्रस्तुति रुचाइने भए पनि अहिले वास्तविकता चित्रण गर्ने अभ्यास बढेको र दर्शकले रुचाइरहेको बताइन्  ।

उनले भनिन्, ‘प्रस्तुतीकरण जति वास्तविक भयो, दर्शकले त्यति मन पराउँछन् । अभिनय जति धेरै वास्तविक हुनसक्यो त्यति राम्रो मानिन थालेका छन् । अहिले अभिनय गर्दा आँखामा आँशु जरुरी छैन, आँखामा पीडा देखिनुप-यो’

कथा शैलीमा आएको बदलावलाई ओटिटीले बढावा दिएको कोइरालाको बुझाइ थियो । ‘विशेषत कलात्मक चलचित्रले व्यावसायिकरुपमा चलचित्र भवनमा बलियो उपस्थिति जनाउन नसक्दा ओटिटीले प्रोत्साहन गर्नुका साथै लगानी सुरक्षित गरिदिएको छ’, उनले भनिन्, ‘यसको फलस्वरुप आफूलाई स्थापित गर्नेलाई हौसला मिलेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष