नेपालले एक विकेट गुमायो
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले १० ओभरमा एक विकेट गुमाउँदै ६५ रन बनाएको छ ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका थिए । तर नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमायो । नेपालका सुरुआती व्याट्सम्यान कुशल भुर्तेल ३८ रनमा आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए ।
अहिले आसिफ शेख र भीम सार्की क्रिजमा छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया