नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य
काठमाडौं । एसिसी एसिया कप क्रिकेटमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको पाल्लेकेले रंगशालामा जारी खेलमा नेपालले ४८ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै २३० रन जोडेको हो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले । ९७ बलमा उनले ८ चौका प्रहार गर्दै सर्वाधिक रन जोडेका हुन् ।
सोमपाल कामी अर्धशतक पूरा गर्न मात्रै २ रनले चुके । ५६ बल खेल्दै उनले १ चौका र २ छक्काको मद्दतमा ४८ रन जोडे । कुशल भुर्तेलले ३८ रनको योगदान दिँदा दीपेन्द्र सिंह ऐरीले २९, गुलशन झाले २९, भीम सार्कीले ७ रन बनाए ।
भारतका लागि मोहमद शिराज, रविन्द्र जडेजाले समान तीन/तीन र मोहमद शामी, हार्दिक पाण्डेयले एक/एक विकेट लिए ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले पहिलो पटक भारतको राष्ट्रिय टिमसँग प्रतिस्पर्धाको मौका पाएको हो । नेपाल यो खेलमा भारतलाई परास्त गरेर सेमिफाइनलमा स्थान बनाउन चाहन्छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया