‘जुठे’ भोलिदेखि पुनः प्रसारण हुने, युट्युब फेरियो, कलाकार र टेलिभिजन उही
काठमाडौं । समाजमा व्याप्त जातीय र वर्गीय विभेदको कथालाई टिपेर बनाइएको सामाजिक कथानक टेलिश्रृंखला ‘जुठे’ भदौको दोस्रो साताबाट पुनः प्रसारण हुने बताइएको थियो । तर अझैसम्म प्रसारण भएको छैन ।
जुठेको पुनः प्रसारण नभएपछि यसका दर्शकहरू अधीर देखिएका छन् । पुनः प्रसारणको व्यग्र प्रतीक्षामा रहेका दर्शकले अब भने नियमित जुठे हेर्न पाउने भएका छन् । जुठे निर्माण पक्षले भोलिबाट यसको पुनः प्रसारण सुरु हुने जनाएको छ ।
जुठेको लेखन/निर्देशनसँगै अभिनयसमेत गरेका कलाकार मरिचमान श्रेष्ठ ‘जुठे’ले भोलिबाट जुठे श्रृंखला पुनः प्रसारण हुने जनाएका छन् । जुठे यसअघि जस्तै हिमालयन टेलिभिजनबाट प्रसारण हुने भए पनि युट्युब च्यानल भने परिवर्तन गरिएको छ । अब मास्टर टिभीमा प्रसारण नभएर ओएसआर युट्युब च्यानलबाट प्रसारण हुने कलाकार मरिचमानले जनाएका छन् ।
जुठे छोटो समयमै अत्यधिक रुचाइएको टेलिश्रृंखला हो । न्यूनतम एक मिलियनदेखि अधिकतम तीन मिलियन बढी भ्युज युट्युबमा पाउँदै आएको छ । तर यो श्रृंखलाका हस्ती राजु पौडेल र मरिचमान श्रेष्ठ अनलाइन सट्टेबाजी वन एक्स बेटको प्रचार आरोपमा पक्राउ परेको केही सातापछि यसको प्रसारण रोकिन पुगेको थियो । हिरासतबाट एक महिनापछि धरौटीमा छुटे पनि पौडेल र श्रेष्ठबीचको मनमुटावका कारण विलम्ब गरी जुठे पुनः प्रसारणमा आउन लागेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया