NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

‘जुठे’ भोलिदेखि पुनः प्रसारण हुने, युट्युब फेरियो, कलाकार र टेलिभिजन उही

काठमाडौं । समाजमा व्याप्त जातीय र वर्गीय विभेदको कथालाई टिपेर बनाइएको सामाजिक कथानक टेलिश्रृंखला ‘जुठे’ भदौको दोस्रो साताबाट पुनः प्रसारण हुने बताइएको थियो । तर अझैसम्म प्रसारण भएको छैन ।

जुठेको पुनः प्रसारण नभएपछि यसका दर्शकहरू अधीर देखिएका छन् ।  पुनः प्रसारणको व्यग्र प्रतीक्षामा रहेका दर्शकले अब भने नियमित जुठे हेर्न पाउने भएका छन् । जुठे  निर्माण पक्षले भोलिबाट यसको पुनः प्रसारण सुरु हुने जनाएको छ ।

जुठेको लेखन/निर्देशनसँगै अभिनयसमेत गरेका कलाकार मरिचमान श्रेष्ठ ‘जुठे’ले भोलिबाट जुठे श्रृंखला पुनः प्रसारण हुने जनाएका छन् । जुठे यसअघि जस्तै हिमालयन टेलिभिजनबाट प्रसारण हुने भए पनि युट्युब च्यानल भने परिवर्तन गरिएको छ । अब मास्टर टिभीमा प्रसारण नभएर ओएसआर युट्युब च्यानलबाट प्रसारण हुने कलाकार मरिचमानले जनाएका छन् ।

जुठे छोटो समयमै अत्यधिक रुचाइएको टेलिश्रृंखला हो । न्यूनतम एक मिलियनदेखि अधिकतम तीन मिलियन बढी भ्युज युट्युबमा पाउँदै आएको छ । तर यो श्रृंखलाका हस्ती राजु पौडेल र मरिचमान श्रेष्ठ अनलाइन सट्टेबाजी वन एक्स बेटको प्रचार  आरोपमा पक्राउ परेको केही सातापछि यसको प्रसारण रोकिन पुगेको थियो । हिरासतबाट एक महिनापछि धरौटीमा छुटे पनि पौडेल र श्रेष्ठबीचको मनमुटावका कारण विलम्ब गरी जुठे पुनः प्रसारणमा आउन लागेको हो ।

 

ताजा अपडेट

नेपालवाच विशेष