सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्छौं : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले संघीय सरकारले महानगर वा आसपासमा १०० रोपनी जग्गा उपलब्ध गराए रंगशाला निर्माण गर्न पहल गर्ने बताएका छन् ।
एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका बालेनले मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट् लेख्दै यस्तो बताएका हुन् ।
‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यस्ता रंगशाला निर्माण गर्दा खेल विकास हुनुका साथै आर्थिक रूपमा समेत लाभ मिल्ने उनको भनाइ छ ।
खेलाडी र तल्लो तहमा सुविधाका लागि अबको तीन वर्षमा सकेसम्म हरेक वडामा एक वटा रहने गरी बलिङ स्टेशन राख्ने प्रबन्ध पहिले नै गरिसकेको उनले जानकारी दिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया