सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउन पहल गर्छौं : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले संघीय सरकारले महानगर वा आसपासमा १०० रोपनी जग्गा उपलब्ध गराए रंगशाला निर्माण गर्न पहल गर्ने बताएका छन् ।
एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका बालेनले मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट् लेख्दै यस्तो बताएका हुन् ।
‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यस्ता रंगशाला निर्माण गर्दा खेल विकास हुनुका साथै आर्थिक रूपमा समेत लाभ मिल्ने उनको भनाइ छ ।
खेलाडी र तल्लो तहमा सुविधाका लागि अबको तीन वर्षमा सकेसम्म हरेक वडामा एक वटा रहने गरी बलिङ स्टेशन राख्ने प्रबन्ध पहिले नै गरिसकेको उनले जानकारी दिए ।
ताजा अपडेट
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
-
कान्ति लोकपथको ‘डाइभर्सन’ बग्यो, आवागमन अवरुद्ध
-
बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको प्रकोप
प्रतिक्रिया