एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल विजयी

काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी हरि रिजाललाई परास्त गर्दै कँडेल अध्यक्षमा विजयी भएका हुन् ।
मंगलबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणामअनुसार कंडेलले ४७९ मत प्राप्त गर्दा रिजाल ४७७ मा रोकिए ।
कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् ।
सहमतिमा नयाँ नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि कँडेल र रिजाल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । रिजाल एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।
त्यसैगरी, उपमहासचिवबाहेक अन्य पदमा पनि विष्णु पौडेल निकट उम्मेदवार विजयी भएका छन् ।
उपाध्यक्षमा विश्वराज बराललाई रोक्दै भोजप्रसाद श्रेष्ठ विजयी भएका छन् ।
ताजा अपडेट
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
-
कान्ति लोकपथको ‘डाइभर्सन’ बग्यो, आवागमन अवरुद्ध
प्रतिक्रिया