एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल विजयी
काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी हरि रिजाललाई परास्त गर्दै कँडेल अध्यक्षमा विजयी भएका हुन् ।
मंगलबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणामअनुसार कंडेलले ४७९ मत प्राप्त गर्दा रिजाल ४७७ मा रोकिए ।
कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् ।
सहमतिमा नयाँ नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि कँडेल र रिजाल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । रिजाल एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।
त्यसैगरी, उपमहासचिवबाहेक अन्य पदमा पनि विष्णु पौडेल निकट उम्मेदवार विजयी भएका छन् ।
उपाध्यक्षमा विश्वराज बराललाई रोक्दै भोजप्रसाद श्रेष्ठ विजयी भएका छन् ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया