NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नेपाल र युएई बीचको खेल रद्द, उपविजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल सुरु नै नभई रद्द भएको छ ।

मलेसियामा जारी खेल वर्षाका कारण रद्द भएको हो । दुवै टोलीले अंक बाँडेका छन् । यसअघि समूह ‘ए’ मा नेपालले लगातार चार खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

नेपाल र युएईको समान ९ अंक भएपनि नेट रनरेटका आधारमा युएई शीर्ष स्थानमा रहँदै समूह्य विजेता बन्दा बन्यो । नेपाल समूह उपविजेता बन्यो ।

नेपालले शुक्रबार हुने सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । आज नै हुने समूह बी का हङकङ र थाईल्यान्डबीचको खेलबाट नेपालको प्रतिद्वन्दी तय हुनेछ ।

सेमिफाइनलमा विजयी भएमा नेपालले महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ । प्रतियोगिताको फाइनल खेल शनिबार रहेको छ ।

फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष