NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार, नुवाकोटका श्यामबाबु सापकोटा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएकाे जनाइएको छ ।

यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ । यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटको विदुर नगरपालिकाका श्यामबाबु सापकोटालाई खुकुरीसहित पक्राउ गरिएको प्रहरी बृत सिंहदरबारले जानकारी दिएको छ ।

उनि राजावादी भएको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।