NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

एसिया कप खेलेर नेपाली टोली स्वदेश फकिर्यो, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता खेलेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको भव्य स्वागत गरिएको छ ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोली लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गर्यो ।

उनीहरूलाई बाजागाजासहित दोसल्ला र माला लगाएर स्वागत गरिएको थियो । क्रिकेट समर्थकहरू खेलाडीसँग तस्बिर खिचाउन तछाड मछाड गर्दै थिए ।

टोलीलाई स्वागत गर्न नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकहरु विमानस्थल पुगेका थिए । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट बाहिरिएपछि घर फर्केको हो ।

समूह चरणमा भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको भन्दै क्रिकेट समर्थकहरु टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका हुन् ।

पहिलो खेलमा नेपाली टोली गत बिहीबार पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारतसँग खेल खेल्न श्रीलंका पुगेको टोली १० विकेटले पराजित भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष