NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

विजय देवरकोंडाले कुशीको कमाईबाट १ करोड दान गर्ने

एजेन्सी । अभिनेता विजय देवरकोंडाको फिल्म ‘कुशी’ बक्स अफिसमा रिलिज भएको छ । फिल्मले ५ दिनमा बक्स अफिसमा करिब ४० करोड कलेक्सन गरेको छ ।

हालै विजयले फिल्मबाट भएको कमाईबाट १ करोड दिने घोषणा गरेका छन् । फिल्म प्रोमोशनको लागि आयोजना गरेको एक कार्यक्रमा उनले स्टेजबाटै सय जना परिवारलाई एक एक लाख रुपैयाँ दिने बताएका थिए ।

‘तिमी पनि खुसी र म पनि । म यो सफलता मनाउन केहि योजना गर्दैछु। यस फिल्मबाट भएको कमाईबाट म १ करोड रुपैयाँ दान गर्नेछु ।’ उनले भने ।
यो घोषणापछि एकातिर विजयले आफ्नो सामाजिक कामबाट फ्यानको माया पाइरहेका छन् भने अर्कोतिर २०२० मा रिलिज भएको विजयको फिल्म ‘वर्ल्ड फेमस लभर’ को वितरकले उनलाई गाली गरेका छन् ।

शिव निर्वाण निर्देशित फिल्म ‘कुशी’ मा विजय अभिनेत्री सामन्थासँग देखिने छन् । फिल्मले पहिलो दिन १५ करोडको कलेक्सन गरेको थियो ।