विजय देवरकोंडाले कुशीको कमाईबाट १ करोड दान गर्ने
एजेन्सी । अभिनेता विजय देवरकोंडाको फिल्म ‘कुशी’ बक्स अफिसमा रिलिज भएको छ । फिल्मले ५ दिनमा बक्स अफिसमा करिब ४० करोड कलेक्सन गरेको छ ।
हालै विजयले फिल्मबाट भएको कमाईबाट १ करोड दिने घोषणा गरेका छन् । फिल्म प्रोमोशनको लागि आयोजना गरेको एक कार्यक्रमा उनले स्टेजबाटै सय जना परिवारलाई एक एक लाख रुपैयाँ दिने बताएका थिए ।
‘तिमी पनि खुसी र म पनि । म यो सफलता मनाउन केहि योजना गर्दैछु। यस फिल्मबाट भएको कमाईबाट म १ करोड रुपैयाँ दान गर्नेछु ।’ उनले भने ।
यो घोषणापछि एकातिर विजयले आफ्नो सामाजिक कामबाट फ्यानको माया पाइरहेका छन् भने अर्कोतिर २०२० मा रिलिज भएको विजयको फिल्म ‘वर्ल्ड फेमस लभर’ को वितरकले उनलाई गाली गरेका छन् ।
शिव निर्वाण निर्देशित फिल्म ‘कुशी’ मा विजय अभिनेत्री सामन्थासँग देखिने छन् । फिल्मले पहिलो दिन १५ करोडको कलेक्सन गरेको थियो ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया