NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

यो सरकार ढाल्न एमाले प्रयास गर्दैन, आफै ढल्छ: पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बर्तमान सरकार आफैँ ढल्ने बताएका छन् ।

जिल्लास्तरीय प्रशिक्षणका क्रममा नुवाकोटको विदुरमा पोखरेलले एमालेलाई सरकारमा जान कुनै हतार नभएको समेत बताए ।

त्यसक्रममा उनले सरकार ढाल्ने र बनाउने कसरतमा भन्दा पनि एमाले अब मिसन ८४ लिएर आफ्नो पार्टी सुदृढीकरण अभियानमा लागेको बताएका थिए ।

उनले एमालेले सरकारलाई ढाल्ने प्रयास नगर्ने पनि बताउँदै सरकार स्टण्ट देखाएर आफ्नो आयु लम्ब्याउने खेलमा उद्यत रहेको आरोप लगाए ।

सरकारमा आयु लम्बाउने कुण्ठामात्रै रहेको र अनेक स्टण्ट खडा गरेर तर्साउने काम मात्रै गरिरहेको उनको आरोप छ ।