NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

मुख्यमन्त्रीले भने- प्रदेशको राजधानीका लागि विकल्प खोजिन्छ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरीमा सम्भव नभए प्रदेश राजधानीका लागि विकल्प खोजिने बताएका छन् ।

नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले राजधानी स्थापनाका विषयमा गठबन्धनका दलहरुबीच छलफल पनि सुरु गरिसकेको दावी गरे ।

प्रदेशको नाम परिवर्तनको विषयमा पटकपटक चर्चा हुने गरेको भएपनि तत्काल त्यसको तयारी भने नभएको उनको भनाइ छ ।