NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बालोन डे’ओरको मनोनयन सार्वजनिक, रोनाल्डो अटाएनन्

काठमाडौं । बालोन डे’ओर २०२३ अवार्डका लागि ३० खेलाडी मनोनयनमा परेका छन् ।

हरेक वर्ष प्रदान गरिने अवार्डका लागि विगत वर्षझैं यस वर्ष पनि मनोनयन सूची सार्वजनिक गरिएको हो ।

फ्रान्स फुटबल म्यागाजिनले गएराति सार्वजनिक गरेको सूचीमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीलगायत खेलाडी परेका छन् । युरोपियन लिग खेल्ने खेलाडीको बोलवाला सूचीमा हुँदा साउदी क्लब अल–नासरबाट खेलिरहेका क्रिष्टियानो रोनाल्नो भने अटाएका छैनन् ।

अब मनोनयनमा परेका खेलाडीमध्येबाट उत्कृष्ट खेलाडी चयन गरिनेछ । गत वर्ष सम्पन्न विश्वकप फुटबलमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सीलाई उक्त अवार्डको प्रवल दाबेदारका रूपमा हेरिएको छ । यस पटक पनि उनले उक्त अवार्ड जितेमा यो उनको आठौं अवार्ड हुनेछ ।

अवार्ड आगामी अक्टोबर ३० मा आयोजना गर्ने तय भएको कार्यक्रममा वितरण गरिनेछ ।

महिलातर्फ पनि बालेन डे’ओर अवार्डका लागि ३० खेलाडी मनोनित भएका छन् । जसमा रोपियन वर्ष खेलाडी बनेकी स्पेनकी आइतना बोनमाटीलगायत छन् ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष