प्रतिनिधिसभा बैठकमा यी ४ मन्त्रीसँग हुँदैछ प्रश्नोत्तर
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवनमा बस्नेछ ।
आजको बैठकका लागि सम्भावित २ वटा कार्यसूची तय भएका छन् । बैठकमा आज ४ मन्त्रीसँगको प्रश्नोत्तर हुने जनाइएको छ ।
संघीय संसदका महासचिव भरतराज गौतमका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, अर्थ मन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीले मन्त्रालयसँग सम्बन्धी मौखिक प्रश्नहरुको उत्तर दिनेछन् ।
यस्तै, आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची पनि रहेको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया