प्रतिनिधिसभा बैठकमा यी ४ मन्त्रीसँग हुँदैछ प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवनमा बस्नेछ ।
आजको बैठकका लागि सम्भावित २ वटा कार्यसूची तय भएका छन् । बैठकमा आज ४ मन्त्रीसँगको प्रश्नोत्तर हुने जनाइएको छ ।
संघीय संसदका महासचिव भरतराज गौतमका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, अर्थ मन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीले मन्त्रालयसँग सम्बन्धी मौखिक प्रश्नहरुको उत्तर दिनेछन् ।
यस्तै, आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची पनि रहेको छ ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया