NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

रिजालको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

पार्टीको काठमाडौं— ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै देउवाले दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन् ।

देउवाले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा देउवाले स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याएको सक्रिय योगदानको स्मरण पनि गरेका छन् ।

उनको निधनले नेपाली कांग्रेसले एक होनाहार नेतृत्व गुमाएको विज्ञप्तिमा उल्लेख छ । रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको थियो ।

May be an image of text

ताजा अपडेट

नेपालवाच विशेष