रिजालको निधनप्रति देउवाद्वारा दुःख व्यक्त
काठमाडौं । काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
पार्टीको काठमाडौं— ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै देउवाले दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन् ।
देउवाले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा देउवाले स्वर्गीय रिजालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याएको सक्रिय योगदानको स्मरण पनि गरेका छन् ।
उनको निधनले नेपाली कांग्रेसले एक होनाहार नेतृत्व गुमाएको विज्ञप्तिमा उल्लेख छ । रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको थियो ।

ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया