दैलेखमा नयाँ पुस्ताले जोगाउँदै छन् पुरानो संस्कृति

दैलेख । दैलेख सदरमुकामका विभिन्न ठाउँमा सामाजिक सद्भाव कायम राख्दै एकमहिने वर्षे मेला सञ्चालन गरिन्छ । सयौँ वर्ष पुरानो मानिएको वर्षे मेला गाँठेमङ्गलको सुरुआतसँगै एक महिनासम्म सञ्चालन हुने प्रचलन छ । परम्परागतरूपमा नेवार समुदायले परापूर्व कालदेखि मनाउँदै आएको वर्षे मेला नयाँ पुस्ताको लगाव बढ्दै गएको देखिन्छ ।
अहिले वर्षे मेला सबै जातजातिका लागि साझा पर्वका रूपमा विकसित भएको छ । केही वर्षअघिसम्म दैलेख सदरमुकाम बसोबास गर्ने नेवार समुदायले वर्षे मेलालाई उल्लासका साथ बनाउने प्रचलन थियो ।
पुरानो संस्कृति विस्तारै लोप हुँदै गएपछि यसको महत्व बचाउन पछिल्ला वर्षमा नयाँ पुस्ता जागरूक भएका हुन् । केही वर्षअघिसम्म जिल्ला सदरमुकाममा मात्र सञ्चालन गरिने वर्षे मेला अहिले ११ वटै स्थानीय तहका विभिन्न बजारमा समेत सञ्चालन गर्ने गरिन्छ ।
नयाँ पुस्ता परम्परागत संस्कृतिका जोगाउन लागेको भए पनि संस्कृतिका नाममा विकृति फैलाउँदै गएकामा यहाँका अगुवाले चिन्ता व्यस्त गरेका छन् । आपसी सद्भाव कायम गर्दै सञ्चालन गरिने एकमहिने वर्षे मेलाका नाममा विकृति फैलँदै गएकोप्रति नारायण नगरपालिका–१ का पूर्ववडा अध्यक्ष तीर्थ नारायण श्रेष्ठले चिन्ता व्यस्त गरे ।
उनले पुरानो संस्कृतिलाई जोगाइ राख्न युवापुस्ताको भूमिका महत्वपूर्ण हुने बताए । “वर्षे मेलालगायतका पुराना संस्कृति जोगाउन युवाको भूमिका महत्वपूर्ण हुन्छ, एक महिने वर्षे मेला खास नेवार समुदायको हो, संस्कृतिका नाममा सञ्चालन गरिने मेला महोत्सवमा विकृति फैलँदै गएको देखिन्छ”, श्रेष्ठले भने । उनले वर्षे मेलाका मुख्य आकर्षणरुपमा लाखे जात्रा, टाकटुके जात्रा, बाघ जात्रा, जोगी जात्रा रहेको बताए ।
उद्योग वाणिज्य सङ्घ दैलेखका महासचिव प्रकाश पौडेलले पछिल्ला वर्षमा वर्षे मेलाको रौनकता घट्दै गएको बताए । उनले मेलामा नागरिकको उपस्थिति नहुँदा सदरमुकामको व्यापारसमेत ओरालो लागेको बताए ।
कोरोना महामारी पछि दैलेख सदरमुकामलगायतका स्थानमा एक महिनासम्म सञ्चालन गरिने वर्षे मेलाको रौनकता घट्दै गएको छ । केही वर्षअघिसम्म पुरानो परम्परा बोकेको वर्षे मेला हेर्न हजारौँ मानिसको भीड लाग्ने दैलेख सदरमुकाममा मानिसको पातलो उपस्थिति देखिन्छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया