NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २५ गते

महेन्द्रमाथिको आक्रमण र कान्तिमा बालिका मृत्यु प्रकरणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज धिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र कान्ति बाल अस्पतालमा भएको बालिकाको मृत्युबारे सदनमा जानकारी गराउन रुलिङ गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकका आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरुले सो घटनाबारे गम्भीर ध्यानाकर्षण गराएका थिए ।

‘आजको आकस्मिक, शुन्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य एवं नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरु छन । यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु,’ सभामुख घिमिरेले भने ।

कांग्रेस नेता यादवमाथि बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए । यादवको उपचार भइरहेको छ भने, सापकोटा प्रहरी नियन्त्रणमा छन् ।

यस्तै कान्ति बाल अस्पतालमा उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको मृत्यु भएको थियो । बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा इमर्जेन्सी कक्षमै निधन भएको बताइएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष