काठमाडौंमा शुक्रबार शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।
महानगरपालिका प्रशासन विभागका विभागीय प्रमुख दीपक अधिकारीले एक विज्ञप्ती जारी गर्दै शोक बिदा दिएको जानकारी दिएका हुन् ।
उनका अनुसार वडा–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएकाले महानगरपालिका र महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको हो ।
रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । रिजाल गत स्थानीय तह निर्वाचनमा अध्यक्षमा विजयी भएका थिए ।
प्रतिक्रिया