संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषद्बाट पारित, अरु के–के निर्णय भए ?
काठमाडौं । सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट पारित गराएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० पारित गर्दै संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो।
बैठकले निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने पनि निर्णय गरेको छ । आजको बैठकले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
योसँगै तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय भएको छ ।
स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने र संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संघीय संसदमा पेश गर्ने निर्णय भएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया