कोशी प्रदेशमा ४८ घण्टाभित्र एमालेको सरकार, मुख्यमन्त्री थापा पदमुक्त
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त गरेको छ ।
सभाध्यक्षको समेत मतदानबाट मुख्यमन्त्रीको विस्वासको मत लिएका थापालाई सर्वोच्चलै अवैध ठहर गरेको हो ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, डा। कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले संविधानको धारा १६८ ९३० अनुसार सबैभन्दा ठूलो दलका नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
यसअघि सभाध्यक्षको समेत मतबाट थापाले लिएको विस्वासको मतलाई सर्वोच्चले बदर गरेको छ ।
थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । उनलाई सभाध्यक्ष इस्माइल मन्सुरीले पनि मतदान गरेका थिए ।
सभाध्यक्षले मतदान गर्न नपाउने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दिएका थिए ।
थापाले प्रदेश सभाबाट पाएको विश्वासको मत खारेज गरी संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनका लागि परमादेश मागेका थिए ।
सर्वोच्चले कार्कीको मागबमोजिम परमादेश जारी गरिदिएको हो ।
अब प्रदेश प्रमुखले सबैभन्दा ठूलो दलका संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया