सुन तस्करी प्रकरण : थप एकजना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पछिल्लो पटक बाराका शिव कुमार सफरलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
बिहीबार साँझ बाराबाट पक्राउ परेका सफरलाई आज म्याद थपको लागि अदालतमा पेश गरिने प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए। उनी बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन्।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया