सुन तस्करी प्रकरण : थप एकजना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पछिल्लो पटक बाराका शिव कुमार सफरलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
बिहीबार साँझ बाराबाट पक्राउ परेका सफरलाई आज म्याद थपको लागि अदालतमा पेश गरिने प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए। उनी बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन्।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया