NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

नेपाल थाइल्याण्डसँग पराजित, विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सपना अधुरै

काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।

थाइल्याण्डसँग ४६ रनले पराजित भएपछि नेपाले ग्लोबल क्वालिफायर पुग्न सकेन । २०२४ मा हुने ग्लोबल टि २० छनोट हुँदै विश्वकप खेल्ने नेपालको सपना अधुरै बनेको छ ।

थाइल्याण्डले दिएको १ सय ६ रनको लक्ष्यमा नेपालले ५९ रन मात्र बनाउन सक्यो । १९.३ ओभरमा नेपाल अलआउट भयो । नेपालका लागि कविता कुँवरले १७ रन बनाइन् भने कविता जोशी र अप्सरी बेगमले समान १० रन जोडे ।

बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाललाई अलआउट गर्न थाइल्याण्डकी ताईपत्छा पुतावोङ र ओनिचा काम्चोन्फुले ३–३ विकेट लिइन् । नातया बुताथमले २ विकेट लिइन् ।

त्यसअघि बांगीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको थियो ।

थाइल्याण्डकी नानापात बोङ्खारोएन्काईले अविजित ५९ रन बनाइन् । चान्थमले ३१ रन बनाइन् । नेपालक लागि कविता र पुजाले समान एक विकेट लिए ।

ताजा अपडेट

नेपालवाच विशेष