आरती साहको परिवारका लागि सरकार मरिसकेको भन्दै कपाल मुण्डन गरेर विरोध
काठमाडौं । धनुषा नगराइन–८ खिरखिरया निवासी २५ वर्षीया आरती साहको न्यायका लागि भन्दै आफन्तहरुले संघर्ष थालेको लामो समय वितिसकेको छ ।
आफन्तहरुले साहको दाइजोको कारण नै परिवारबाट नै हत्या भएको दाबी गर्दै विगत ८५ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसिरहेका छन् ।
माइती पक्ष घटनाको सत्यतथ्य एवं निष्पक्ष छानबिन हुनुपर्ने माग राखी संघर्ष गरेपनि यसमा सरकारले उनिहरुलाई कुनै पनि आश देखाउन सकेको छैन् ।
सरकारबाट सहयोग नपाउने भएपछि धर्नामा बसेका आफ्न्तले सरकार मरिसकेको सन्देश दिएर विरोध गरेका छन् । परिवारका सदस्यले त्यसको विरोधमा कपाल मुण्डन गरेका छन् ।
‘आरती साहको परिवारको लागि यो सरकार मरिसकेको छ र हिन्दु धर्मअनुसार मरिसकेको मान्छेको नौकेस श्राद्ध गर्ने परम्परा’ अनुसार कपाल मुण्डन गरिएको हो,’ धर्नामा बसेका आरतीका दाजु प्रेम साहले बताए ।
कपाल मुण्डन गरेर पीडितका लागि सरकार नभएको वा न्याय मरिसकेको सन्देश दिन खोजिएको आरतीका साह बताउँछन्। प्रेमसँगै उनका बुवा (बिनोदप्रसाद) र माइती पक्षका दाजुभाइले कपाल खौरिएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया