उदयपुरमा बढ्यो स्क्रब टाइफसको सङ्क्रमण
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ ।
जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या वृद्धि हुन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ ।
भदौको पहिलो साता पहिलो पटक अस्पतालमा उपचार गर्न आएका एक जनामा स्क्रब टाइफसको सङ्क्रमण देखा परेको अस्पतालका प्रमुख डा ज्ञानेन्द्र झाले जानकारी दिए । उनका अनुसार पछिल्लो केहीदिनयता बिरामीको सङ्ख्या दैनिक वृद्धि हुँदै गइरहेको छ ।
अस्पतालका फिजिसिएन डा राहुल रैनियारका अनुसार अहिले नयाँ भाइरसका रुपमा देखिएको स्क्रब टाइफसको उपचारका लागि दैनिक पाँचदेखि दश जनासम्म बिरामी अस्पताल आउने गरेका छन् । सुरुमा यस रोगको लक्षण अनियमित ज्वरो आउने, शरीर तथा छालामा राता डाम्रा देखा पर्नेलगायत रहेका उनले बताए ।
हाल यसको सङ्क्रमण जिल्लाको त्रियुगा र बेलका नगरपालिका क्षेत्रसहित चौदण्डीगढी नगरपालिकाका केही भागमा देखा पर्न थालेको जिल्ला अस्पताल उदयपुरका चिकित्सकले बताएका छन् ।
साउनको पहिलो सातादेखि डेङ्गु देखा परेको थियो भने साउनको दोस्रो सातादेखि जिल्लामा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको अस्पतालका प्रमुख झाले जानकारी दिए । “स्क्रब टाइफस ब्याक्टेरिया माइड नामको जीवाणु वा एक प्रकारको जुम्राबाट सर्ने रोग हो”, उनले भने ।
उदयपुरमा हाल डेङ्गु, मौसमी र भाइरल ज्वरोका साथै आँखा पाक्ने सङ्क्रमण न्यून हुँदै गइरहेको बेला स्क्रब टाइफसको सङ्क्रमण देखा परेको चिकित्सकको भनाइ छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया