तरुण दल सडकमा, माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं । नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकरी प्रहारको विरोधमा पार्टीको युवा संगठन नेपाल तरुण दल सडकमा उत्रिएको छ ।
तरुण दलका पुर्वअध्यक्षसमेत रहेका यादवमाथि बुधबार काठमाडौंको भृकुटिमण्डपस्थित रिपोर्टस क्लबमा धारणा राखेर फर्किनेक्रममा नुवाकोटका श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए ।
त्यसैको विरोधमा तरुण दलका नेता कार्यकर्ता रत्नपार्कमा भेला भएर विरोध ¥यालीसँगै प्रदर्शन गरे । त्यसक्रमा उनिहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामासमेत मागे ।
तरुण कार्यकर्ताले ‘नारायणकाजी मतियार, ज्ञानेन्द्रको हतियार’, ‘पक्षपाती प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नाराबाजी गरेका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया