पूर्वमन्त्री यादवमाथि भएको आक्रमणमा सरकार बोल्यो, प्रवक्ता शर्माले के भनिन् ?

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणका विषयमा सरकारले बोलेको छ ।
सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले विचारका आधारमा सांघातिक आक्रमण गर्ने छुट कसैलाई नभएको बताएकी हुन् ।
मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै पूर्वमन्त्री समेत रहेका यादवमाथि भएको आक्रमण संविधान, कानून र नियमविपरित भएको बताइन् ।
मन्त्री शर्माले अनुसन्धान टुंग्याएपछि सरकारले त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिइन् ।
‘आक्रमण गर्नेलाई हामीले पक्राउ गरिसकेका छौं । लोकतन्त्र, गणतन्त्रमा सबै कुरा गर्न पाइन्छ, आफ्ना विचार व्यक्त गर्न पाइन्छ,’ उनले भनिन्, ‘तर, विचारका आधारमा कसैमाथि पनि सांघातिक आक्रमण गर्न पाइँदैन ।’
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया