कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्कीले लिए शपथ, चारजना बने मन्त्री
मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई शुक्रबार साँझ प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् । उनलाई प्रदेश प्रमुख खापुङ्गले शपथ ग्रहण गराएका छन् ।
प्रमुख खापुङ्गले मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
यसैगरी मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् गठनका लागि नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम तिलकुमार मेन्याङ्वो (लिम्वु)लाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, पाँच कर्ण राईलाई पर्यटन, वन तथा वातावरण र उद्योग, कृषि तथा सहकारी मन्त्री, एकराज कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री र सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका छन् ।
प्रदेश प्रमुख खापुङ्गले मेन्याङ्वो, राई र कार्कीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए । यसैगरी मुख्यमन्त्री कार्कीले राज्यमन्त्री राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए ।
शपथ ग्रहण समारोहमा प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापा, प्रदेशसभा सदस्य, प्रदेश सरकार अन्तर्गतका कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनैतिक दलका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया