चिनियाँ राजदुतको अभिव्यक्ति सरकारले नोटिसमा राख्नुपर्छ: कोइराला
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोईरालाले चिनियाँ राजदुत छन् सोङलेको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चिनियाँ राजदुतले केहिदिन अगाडि दिएको अभिव्यक्ति कुटनैतिक मर्यादा विपरित भएको बताए ।
कोईरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु कुटनैतिक मर्यादा विपरित हुने बताए ।
उनले नेपाली कांग्रेसमा चरमगुटबन्दी भएकाका कारण समस्या भएको बताउदै कांग्रेसको गुटबन्दी रोक्न सक्ने सामथ्र्य आफुले मात्र राख्ने बताए ।
कोइरालाले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने बताए । उनले आफू वर्षात सकिए लगतै देश दौडाहमा जाने भन्दै आम कार्यकर्ताले कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ने बताए ।
कोईरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकलप नभएको स्पष्ट पारे । उनले सरकारले कृषिमा वजेट नबढाएसम्म मुलुकमा समृद्धि नआउने बताए ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया