दुई करोड बढी धरौटीमा मीनबहादुरलाई रिहा गर्ने आदेश, कसलाई कति ?
काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा रिहा हुने भएका छन् । उनीसहित अन्य १६ जनालाई आज जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले गुरुङलाई रिहा गर्ने आदेश दिँदै दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
यो प्रकरणमा जिल्ला अदालत काठमाडौंले प्रतिवादी केशव तुलाधारबाहेक सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो । अन्य १६ जनालाई पनि धरौटीमा छोड्न आदेश दिइएको छ ।
कोसँग कति धरौटी ?
जिल्ला अदालतले कलाधार देउजा र विनोदप्रसाद पौडेललाई १५ लाख रुपैयाँ धरौटी तोकेको छ । त्यस्तै, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, गोपाल कार्की, धमनकुमार कार्की, योगराज पौडेल, नारायण मिश्र, अरुणकुमार श्रेष्ठ, लोकहरी घिमिरेलाई ७ लाख ५० हजार धरौटी मागे गरेको छ ।
अन्य प्रतिवादीहरू शिवजी भट्टराई र ध्रुवप्रसाद अर्याललाई ३ लाख ३० हजार रुपैयाँ धरौटी तोकिएको छ भने बाबुराजा महर्जन। देवनारायण। सकलानन्द, संजय महर्जनलाई एक लाख १० हजार रूपैयाँ धरौटी तिरेर रिहा गर्ने आदेश दिइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया